काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले आज (बिहीबार) आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ।
बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ।
सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाउँदै आएको छ। एकीकृत समाजवादीका नेताहरुले बजेट संशोधन नगरे पास गर्न नसकिने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।