राजविराज- सर्लाहीबाट आमासँग सप्तरीको रुपनी गाउँपालिकामा पाहुना आएका एक बालकको मंगलबार डुबेर मृत्यु भएको छ।
सर्लाहीको बहुर्वा गाउँपालिका २ डुमरीया टोलका इन्दल यादवका ६ वर्षीय छोरा विक्रम यादवको पोखरीमा डुबेर मृत्यु भएको हो। उनी रुपनी १ का बिन्देश्वर यादवको घरमा आमासँग पाहुना आएका थिए ।
खुट्टा चिप्लिएर पोखरीमा डुबेपछि बालकलाई तत्कालै उद्धार गरी उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीको प्रहरीका डिएसपी भावेश रिमालले बताए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।