काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको दाबी गरेका छन्।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका हुन्।
उनले हिन्दू राष्ट्र कायम हुनुपर्ने पनि बताए। सांसद जबराले आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको उल्लेख गरे।
उनले भने, ‘हाम्रो पाँचवटा उद्देश्य हो। हामी राष्ट्रवादी हौं। बहुदलीय प्रजातन्त्रप्रति हामी एकदम कटिबद्ध छौं। हामी उदारवाद, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौं। साथसाथै यो मुलुक हिन्दू पनि हुनुपर्छ। बढी गौरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ। आशा गरौं, आशा जहिले पनि जागृत रहनुपर्छ। मान्छे आशा नभएर अगाडि बढ्न सक्दैन। यो आशा हामीसँग जीवित छ।’
उनले राप्रपासँग विचार मिल्नेहरुसँग मिलेर अगाडि बढ्ने सम्बन्धमा पनि सोचिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।