काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानुनमा कतै पनि नलेखिएको बताए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधबार मन्त्री शर्माले डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताए।
उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताइन्। मन्त्री शर्माले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको जानकारी दिइन्।
उनले बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्ने कुरा परम्परागत भएको उल्लेख गर्दै त्यस्तो परम्परालाई तोड्नुपर्ने उल्लेख गरिन्।
यस्तै मन्त्री शर्माले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभइ स्वास्थ्य उपचारका लागि नै सिंगापुर गएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।