काठमाडौं- एमाले सांसद योगेशकुमार भट्टराईले सरकारले उपप्रध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्नेहरुको मुद्दा फिर्ता लिनबाट पछि हट्न आग्रह गरेका छन्। भट्टराईले कानुन मन्त्री धनराज गुरुङमाथि व्यंग्य गर्दै सदाचारको भाषण गर्नेले नै अपराधीको मुद्दा फिर्ता लिने कागजमा सही गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद भट्टराईले भने, ‘उहाँका भाषणहरु हामी सुनिरहेका छौं। सदाचारको, भ्रष्टाचार विरुद्धको भाषणा गरिरहनुभएको थियो। मन्त्री हुनुभयो अस्ति भर्खरै। त्यसमा पनि कानुन मन्त्री हुनु भयो। एउटा राम्रो मान्छे ठिक ठाउँमा, राइट म्यान राइट प्लेस भयो भनेर हामी खुसी भयौं। तर अहिले अपराधीको मुद्दा फिर्ता लिने कागजमा सही गर्नुभयो।’
यस्तो निर्णबाट आफू निकै दुखी भएको समेत सांसद भट्टराईले बताए। उनले भने, ‘अहिले म असाध्यै दुखी भएको छु। किनकी, आफ्नै हातले ती अपराधीहरुको मुद्दा फिर्ता लिने कागजामा सही गर्नु भयो। म आज पनि मन्त्रीजीलाई भन्छु, प्लिज यो मुद्दा फिर्ता लिनुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।