• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो शहरको कल्पना गर्छन् सांसद?

64x64
ईश्वर बराल शनिबार, असार ९, २०८०  ०६:१५
1140x725

काठमाडौं- पछिल्ला दशकमा पहाडका गाउँ रित्तिँदैछन्। ग्रामीण क्षेत्रका बासिन्दा शहरकेन्द्रित भइरहेको अवस्थामा हाम्रा नीति-निर्माताले कस्तो शहरको कल्पना गरिरहेका होलान्? नीति निर्माण गर्ने तहमा पुगेका सांसदहरुले कस्तो शहर बनाउने योजना बनाएका होलान्? 

यो बुझ्न प्रतिनिधि सभाको पछिल्लो बैठकमा सांसदहरुले दिएको प्रस्तुतिलाई लिपिवद्ध गर्नुपर्ने हुन्छ।

प्रतिनिधि सभामा संघीय सरकारले ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ। शहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि छलफलमा सहभागिता जनाउने १० सांसदले गरेको शहरको परिकल्पनाबारे चर्चा गरौं। 

एमाले सांसद गोकुल बाँस्कोटा शहर बन्नलाई बेग्लै विशेषताहरु आवश्यक पर्ने बताउँछन्। उनको नजरमा शहरमा हुनुपर्ने विशेषतामा शुद्ध पिउने पानी, ढल निकासको सहज व्यवस्था, सहज यातायात, पार्किङको उपलब्धता, व्यापार प्रदर्शनी केन्द्रहरु, सांस्कृतिक सहिष्णुता सहितको सामाजिक अन्तरघुलनका निम्ति बनाइएका स्थानहरु हुनुपर्नेछ। 

त्यस्तै, शहरमा स्वच्छ हावा, सुरक्षा, विपद् व्यवास्थापन, विद्यालय र विश्वविद्यालय, स्वास्थ्य सेवाको सहज पहुँच हुनुपर्ने सांसद बाँस्कोटाको बुझाइ छ। उनी शहर इतिहास, वर्तमान र भविष्य भएकोले कला, संस्कृति र मौलिकतालाई जोगाउनुपर्ने ठान्छन्। 

‘एउटा शहर इतिहास हो, वर्तमान हो र भोलि हो। हाम्रा ऐतिहासिक कला , संस्कृतिहरु, आधुनिक इन्जिनियरिङ कला र शहरको मौलिकता जोगाएर हामीले काम गर्नुपर्ने थियो,’ सांसद बाँस्कोटा भन्छन्। 

शहरमा रंगशालादेखि पुस्ता हस्तान्तरण केन्द्रहरुसम्म हुनुपर्ने ठान्छन् उनी। युरोप, अफ्रिकातिरका ऐतिहासिक शहरहरु बराबरका शहर बनाउन अग्रसर हुनुपर्ने उनी बताउँछन्। 

‘अहिले नै हामीले सबैभन्दा पुरानो शहर दमास्कस जस्तो, एलेपो जस्तो, एथेन्स जस्तो, सियान जस्तो खोजेका होइनौं। तर हामी त्यस दिशातर्फ अगाडि बढ्न सक्छौं,’ पूर्वमन्त्री समेत रहेका बाँस्कोटाको तर्क छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेमकिपा सांसद प्रेम सुवाल भने व्यवस्थित शहर हुनका लागि शिक्षालयहरुको आवश्यकता पर्ने ठान्छन्। ‘एउटा शहरमा समाजशास्त्र, संस्कृति, इतिहास, राजनीतिशास्त्र, इन्जिनियरिङ, विज्ञान मेडिकल लगायतका कलेजहरु खोल्नुपर्छ। कलेज खोल्ने मात्र होइन, शिक्ष दिनुपर्‍यो,’ सांसद सुवालको शहरबारेको बुझाइ छ। 

सांसद प्रभु साह शहरको खोजीमा गाउँ उजाड भइरहेको बताउँछन्। यसका लागि शहरहरु विस्तार गर्नुपर्ने उनी ठान्छन्। ‘शहरको खोजीमा गाउँ उजाड भइरहेको छ। पुरानो शहर थोत्रो भइसक्यो। धेरै जनसंख्या भइसक्यो। गाउँ उजाड भइराछ, शहर विस्तार गर्नुपर्‍यो। पुरानो शहरलाई पनि विस्तार गर्नुपर्‍यो भन्ने योजना त सबैले स्वीकारेकै विषय होला नि?,’ सांसद साह प्रश्न गर्दै भन्छन्, ‘यति हो भने पुरानो शहरलाई व्यवस्थित गर्ने र नयाँ शहर बनाउँदा बीचमै अधुरो नछोड्ने।’ 

कांग्रेस सांसद ज्ञानेन्द्र कार्की भने शहरभन्दा गाउँलाई विकास गर्नुपर्ने बताउँछन्। तर उनी ऐतिहासिक-संस्कृतिक शहर बनाउनुपर्ने अवधारणा अघि सार्छन्। पूर्वमन्त्री समेत रहेका सांसद कार्की व्यवस्थित, सफा, सुविधायुक्त पूर्वाधार र सेवा सहित सुन्दर शहर र सबै आय भएकालाई आवास व्यवस्था गर्ने शहरी विकासको परिकल्पना गर्छन्। 

‘हामीलाई ठूल-ठूला शहर बनाउने होइन। गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा जानुपर्छ। ऐतिहासिक, हरित र संस्कृतिक एउटा भए पनि शहरको प्रारम्भ गर्न जरुरी छ,’ सांसद कार्की भन्छन्, ‘अहिले भ्यू-टावर, ठूला सिटीहरु आवश्यक छैन।’

माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ भने मुलुक शहरीकरण उन्मुख रहेकोले त्यसका लागि न्यूनतम आवश्यकीय पूर्वाधार हुनै पर्नेमा जोड दिन्छन्। 

‘मुलुक चाहेर पनि नचाहेर पनि दिनदिनै शहरीकरणको प्रक्रियामा अगाडि बढिरहेको छ। शहरीकरण हुँदै गर्दा हामीले न्यूनतम रुपमा पूरा गर्नुपर्ने पूर्वाधार विकासमा ध्यान दिनुपर्ने हुन्छ,’ सांसद तामाङको जोड छ।

राप्रपा सांसद दिपक सिंह भने शहर व्यवस्थित र समृद्ध हुन ठूला चौडाइका बाटाहरु हुनुपर्नेमा जोड दिन्छन्। काठमाडौंको चक्रपथलाई समृद्धिको मानक ठानेका पूर्व राज्यमन्त्री समेत रहेका सिंह अब प्रदेश राजधानीमा पनि त्यस्तै सडक बन्नुपर्ने बताउँछन्।

‘प्रदेश राजधानीमा अहिलेदेखि नै रिङरोडको अवधारणाबाट सुरु गर्‍यो भने हरेक राजधानी काठमाडौं सरह नै व्यवस्थित हुनसक्छ भन्ने सन्देश दिनका लागि बजेटमा राखियोस्,’ सिंहको माग छ। 

जसपा सांसद रञ्जु झा ठूलाठूला संरचनाका अलावा विपन्न केन्द्रित विकास हुनुपर्नेमा जोड दिन्छिन्। ‘स्मार्ट सिटी, ठूला भ्यू-टावरभन्दा देश भित्रका गरिब, दलित र पिछडिएका समुदायको व्यवस्थापनको लागि बढी जोड दिनुपर्छ,’ सांसद झाको बुझाइ छ। 

स्वन्त्रत सांसद अमरेशकुमार सिंह शहरको मानकका रुपमा स्मार्ट सिटी बनाउनु पर्नेमा जोड दिन्छन्। अहिलेका शहरहरु सिमेन्टका जंगल भएको स्वीकार्दै उनी अलग र भिन्न प्रकारको विशेषतायुक्त शहर बनाउनुपर्ने धारणा राख्छन्।

‘हाम्रो राजधानी कंक्रिटको जंगल छ। शहर भनेको त पार्क हुनुपर्‍यो। हिड्ने ठाउँ हुनुपर्‍यो। दिल्ली, अमेरिका जाँदा पार्क देखिन्छ। काठमाडौंमा कहीँ पार्क देखिँदैन। १० वटा स्मार्ट सिटी बनाउने भनिएको छ। म के भन्छु भने एउटै स्मार्ट सिटी बनाउँ,’ सिंहको भनाइ छ। 

सांसद सिंह शहरी विकासका नाममा ढलान गर्नु नहुने ठान्छन्। जति आधुनिकता बढ्दै जान्छ, मान्छे त्यति नै बिरामी बढ्दै जाने र सुगर, प्रेसर, मुटुको बिरामी हुने भएकोले हिँड्न मिल्ने बाटा सहितको शहर हुनुपर्नेमा उनको जोड छ।

यस्तै, माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल शहर निर्माणका लागि नयाँ तरिकाले लाग्नुपर्ने ठान्छन्। ‘व्यवस्थित र योजनाबद्ध शहर निर्माणका निम्ति नयाँ ढङ्गले जानैपर्छ। अहिले जस्तो छरेर बजेट विनियोजन गर्नुभएको छ, यसले नयाँ शहर निर्माण गर्न सक्दैन,’ सांसद दाहालको बुझाइ छ। 

कांग्रेस सांसद रामहरि खतिवडा भने गाउँलाई नै शहरीकरण गर्नुपर्नेमा जोड दिन्छन्। सांसद खतिवडा पुराना शहरहरुमा जनसंख्या बढ्ने क्रममा रहेकोले नागरिकलाई गाउँमै राक्नु पर्नेमा जोड दिन्छन्। ‘ग्रामीण क्षेत्रलाई शहरीकरण गर्ने र त्यहाँको बस्तीहरुलाई त्यही क्षेत्रमा राख्ने लक्ष्य हुनुपर्छ,’ सांसद खतिवडा भन्छन्।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्