काठमाडौं– नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
वर्षौंदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।
सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताउँदै नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।
बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
‘क्रिकेट ग्राउण्ड त बनाइदेऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं। एकैचोटी बनाई दिऊँ न। बजेट छुट्टयाइदिऊँ न तिनका लागि। जसले तिमीलाई पहिचान दिएको छ,’ उनले भने, ‘त्यसकारण हामीले या कुरालाई पनि बुझ्नुपर्छ। माउन्टेन्ट चढ्ने कुराका लागि विश्वविद्यालय बनाइदिऊँ त। कहाँ–कहाँका व्यक्तिहरु आउँछन्।’
सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटक–पटक दोहोर्याए। उनले अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढ्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।