काठमाडौं- नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले सीता र गौतम बुद्ध देशको गर्व भएको बताएकी छिन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले त्यसमा दुई मत नभएको बताइन्।
सीता र गौतम बुद्धमाथि कसैको कुदृष्टि आफूहरुले सहन नसक्ने उनको भनाइ छ। ‘तर गौतम बुद्धका सन्तान र थुप्रै हजारौं हाम्रा सीताहरु हेर्दैछु, माइतीघर मण्डलामा त्राहीमाम त्राहीमाम छ। उनको चीत्कार सुन्ने यहाँ कसैलाई देखिरहेका छैनौं’, उनले भनिन्।
‘यो देशका अगुवाहरु छन्, यही हो हाम्रो राष्ट्रियता?’, उनको थप प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।