काठमाडौं- प्रतिनिधि सभामा बुधबारदेखि नयाँ अभ्यासको सुरुवात हुने भएको छ। प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्ने निर्णय कार्य व्यवस्था तथा परामर्श समितिले गरेको हो।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार दुर्घटनामा परी निधन भएको थियो। उनको निधनमा सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय कार्य व्यवस्थाले गरेको छ।
गृहजिल्ला बझाङ जाने क्रममा उनको गाडी सडकबाट खसेको थियो। दुर्घटनामा उनकी पत्नी र भाउजुको समेत ज्यान गएको छ। अन्य दुई जना घाइते छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।