काठमाडौं- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्युप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सिंहका परिवार र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
मंगलबार बझाङ जाँदै गर्दा सवारी दुर्घटनामा परी मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको हो। गाडीमा सवार दुई जना घाइतेको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।