काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई परिवर्तन गरेर जनता बचत कोष बनाउन प्रस्ताव गरेका छन्।
विनियोजन विधेयकको मन्त्रालगत छलफलको क्रममा आफ्नो धारणा राख्दै प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद केसीले उक्त प्रस्ताव गरेका हुन्।
‘संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई परिवर्तन गरेर सिमान्तकृत नेपालीलाई टार्केट गरेर यो बजेटको कोष खडा गरौं। नागरिक बचत कोष भनौं, जनता बचत कोष भनौं, नागरिक संञ्चय कोष भनौं। त्यसलाई ७५३ पालिकामा पुर्याएर त्यसमार्फत् परिचालन गर्न सकिन्छ। यसरी जान सक्यो भने सामाजिक सुरक्षको दृष्टिकोणले, न्यायको र समतामुलुक राजनीतिक यात्राका हिसाबले समाजवाद उन्मुख अर्थतन्त्रको हिसाबले अत्यन्त प्रभावकारी हुन्छ,’ सांसद केसीले भने।
आर्थिक वर्ष ८०/८१ मा संघीय सरकारले सांसदहरुलाई ५ करोडको दरले उक्त कार्यक्रममा बजेट विनियोजन गरिएको छ। यस्तै, ७ वटै प्रदेश सरकारले पनि सो कार्यक्रममा बजेट छुट्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।