• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमः

प्रदेशसम्मै फैलिएको सांसदहरुको ‘ठेकेदार’ बन्ने मोह

64x64
ईश्वर बराल सोमबार, असार ४, २०८०  ११:३३
1140x725

काठमाडौं– गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा प्रकाशशरण महतले भने, ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणमा स्थानीय आवश्यकताहरु जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्नेगरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु।’

मन्त्री महतले बजेट वक्तव्य पढिरहँदा सामाजिक सञ्जालमा ‘लाइभ’ प्रतिक्रियाहरु पनि व्यक्त भइरहेका थिए। मिश्रित र धेरै जसो सकारात्मक प्रतिक्रिया नै पाइरहेका उनले जब यो कार्यक्रम घोषणा गरे, त्यसपछि उनका अन्य राम्रा कार्यक्रमहरु ओझेलमा परे।

सांसदलाई ठेकेदार बनाउन खोजेको र बजेट दुरुपयोगलाई प्रोत्साहन हुने कार्यक्रम प्रस्ताव गरेको भन्दै आलोचना सुरु भयो। त्यसयता पनि सदनदेखि अन्य विभिन्न माध्यममा सांसददेखि सर्वसाधारणसम्मले यो कार्यक्रमप्रति कटाक्ष गरिरहेकै छन्।

पछिल्ला आर्थिक वर्षहरुमा विभिन्न कारणले खारेजीमा पर्दै आएको सो कार्यक्रमलाई मन्त्री महतले पनि बेवास्ता गर्ने अपेक्षा गरिएको थियो। अर्थतन्त्र संकटमा रहेको भनिएको र खर्च कटौतीको बहस चलिरहेको बेलामा कांग्रेसका अर्थमन्त्री निर्मम हुने अपेक्षा गरिएको थियो। तर, सो कार्यक्रम पुनः ब्युँत्याइएपछि मन्त्री महतलाई बचाउ गर्न हम्मे परेको छ। तै पनि उनले प्रयत्न गरिरहेका छन्।

‘माननीयज्यूहरुसँग जनताका धेरै अपेक्षाहरु छन्। जनताले कानुन बनाउने मात्र बुझेका छैनन्। हरेक सुख–दुःखमा, अप्ठयारो–सप्ठ्यारोमा माननीयज्यूहरुले सम्बोधन गरिदियोस् भन्ने जनताको भावना छ’, मन्त्री महतले सदनबाटै भनेका छन्।

उनले सांसदहरुले खल्तीमा राख्न बजेट विनियोजन भएको भन्ने अभिप्रायले प्रचार भन्दै प्रतिवाद गरेका छन्। बजेटको महत्त्वलाई कम गरेर देखाउनका लागि संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमबारे प्रचार गरिएको उनको दुःखेसो छ। उनको तर्क थियो, ‘भौतिक पूर्वाधार क्षेत्रमा धेरै ठूलो माग छ। छुटेका वा कम बजेट भएको योजनाका लागि यसले मद्दत गर्ने काम गर्छ।’

तर मन्त्री महतको उक्त तर्क आफैंमा शक्तिशाली भने होइन। ५० को दशकको सुरुवातबाट सुरु भएको यो कार्यक्रमले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया नै पाएको छ। महालेखाले पनि यस्तो कार्यक्रम/कोषको खर्च गर्ने प्रक्रियामाथि प्रश्न उठाएको छ। मुख्यतः सार्वजनिक रुपमा आलोचित छ। तर, सांसदहरुको दबाबका अगाडि अर्थमन्त्रीहरु झुक्ने गरेका छन्। र यो कार्यक्रमलाई निरन्तरता दिने गरेका छन्।

मुलुक संघीयतामा गएपछि संघीय सरकारले मात्रै होइन, सात वटै प्रदेशले यस्ता कार्यक्रमलाई बजेटको अंग बनाउने गरेका छन्। परिणामतः सिधा वा घुमाउरो भाषामा यो विवादित कार्यक्रम विस्तारित भएको छ। आर्थिक बर्ष २०८०/८१ को बजेट वक्तव्यमा संघीय सांसदलाई कूल ८ अर्ब २५ करोड विनियोजन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, प्रदेश सांसदहरुलाई कूल १० अर्ब ५० करोड विनियोजन भएको देखिन्छ। यसरी कूल १८ अर्ब ७५ करोडभन्दा बढी रकम सांसदहरुको तजबिजमा योजना छनोट भइ खर्च हुने देखिन्छ।

कुन प्रदेशमा कति?
कोशी प्रदेशमा सांसदहरुलाई एकमुष्ट १ अर्ब ५० करोड बजेट विनियोजन भएको छ। उक्त प्रदेशका अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले स्थानीय तहबाट कार्यान्वयन हुने गरी बजेट छुट्याइएको बताएका छन्।

‘प्रदेश सभाका माननीय सदस्यहरुले स्थानीय तहबाट कार्यान्वयन गर्ने गरी ‘कोशी प्रदेश सभा सदस्य पूर्वाधार विकास कार्यक्रम’का लागि १ अर्ब ५० करोड विनियोजन गरेको छु’, जेठ ३२ गते अध्यादेशमार्फत् सार्वजनिक बजेट वक्तव्यमा मन्त्री कार्कीले उक्त कुरा उल्लेख गरे।

मधेश प्रदेशमा पछिल्ला वर्षहरुको जस्तै कार्यक्रमलाई निरन्तरता दिइएको छ। संसदीय विकास कोषलाई निरन्तरता दिन २ अर्ब ३५ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

Budget_080_081_Province1685436885.jpg

कूल १ सय ७ सांसदहरुले समान १ करोडका दरले खर्च गर्न पाउने छन् भने बाँकी ६४ प्रत्यक्ष निर्वाचित सांसदहरुले थप अरु २ करोड खर्च गर्न पाउने छन्। बागमती प्रदेशमा भने घुमाउरो शैलीमा यो योजनालाई समावेश गरिएको छ। 

बजेट वक्तव्यमा प्रदेश सभाका सदस्यहरुको निर्वाचन क्षेत्रका मतदाताहरुको विकास सम्बन्धी समस्या र गुनासो सम्बोधन गर्ने सहज वातावरण सिर्जना गर्दै लाने बताइए पनि कति बजेट विनियोजन गरिएको छ भन्नेचाहिँ स्पष्ट छैन। 

अर्थमन्त्रीले वक्तव्यमा भनेका छन्, ‘प्रदेश सभाका सदस्य र स्थानीय तहबीच समुधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेश सभाका सदस्यको प्रत्यक्ष सहभागीतामा विकास कार्यक्रम र आयोजनाहरु छनौट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको छु।’ 

घुमाउरो बाटोबाट सांसदहरुलाई गरिएको बजेट विनियोजनको सो प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले बचाउ गरे। ‘सांसद विकास कोष भनेर छैन। तर सांसदहरुले योजना छनोट गरेर माग गरेमा बजेट विनियोजन गर्ने दलहरुका बीचमा सहमति भएको छ’, मन्त्री दुलालले भने। 

उक्त प्रदेशका एक सांसद, प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ दिन दलहरुबीच आन्तरिक सहमति भएको नेताहरुको भनाइ छ। ६६ प्रत्यक्ष निर्वाचित सांसदलाई १ अर्ब ९८ करोड र ४४ समानुपातिक सांसदलाई ४४ करोड गरी कूल २ अर्ब ४२ करोड बजेट बराबरको योजना सांसदहरुले तजबिजले छनोट गर्न पाउने भएका छन्।

गण्डकी प्रदेशमा एकमुष्ट रुपमा ७२ करोड विनियोजन गरिएको छ। ‘समग्र प्रदशको सन्तुलित विकासलाई प्रभावकारी बनाउन पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड बजेट विनियोजन गरेको छु। यस कार्यक्रमको कार्यान्वयनको लागि आवश्यक कार्यविधि बनाई व्यवस्थित गरिनेछ’, बजेट वक्तव्यमा अर्थमन्त्रीले जनाएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा भने घुमाउरो शैलीमा सांसदहरुलाई बजेट दिइएको छ। प्रत्यक्ष निर्वाचित ५२ सांसदले जनही २ करोड २५ लाख र समानुपातिकतर्फका ३५ सांसदले जनही ७५ लाखको योजना छानिसकेका छन्। प्रत्यक्ष रुपमा निर्वाचन क्षेत्र विकास कोष नभने पनि योजना छनोटमार्फत् सांसदहरुले कूल १ अर्ब ४३ करोड २५ लाखका योजना छनोट गरिसकेका छन्। 

कर्णाली प्रदेशमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब १२ करोड विनियोजन गरिएको छ। यस कार्यक्रमबाट २० लाखभन्दा कम लागतका आयोजना छनोट गर्न नपाउने व्यवस्था गरिएको छ। 

सुदूरपश्चिम प्रदेशमा  निर्वाचन क्षेत्रका जनताको माग र आवश्यकता बमोजिम गुणस्तरीय भौतिक पूर्वाधार विकास निर्माणको लागि सम्बन्धित विषयगत मन्त्रालय मातहत कार्यलयबाट कानुन बमोजिमको खरिद सम्झौता गरी कार्यान्वयन गर्न प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरिएको छ।

यस कार्यक्रम अन्तर्गत एउटा आयोजनामा सडक पूर्वाधारको हकमा न्यूनतम ५० लाख र अन्य पूर्वाधारमा न्यूनतम २५ लाख विनियोजन हुनेगरी प्रत्येक निर्वाचन क्षेत्रका लागि ३ करोड विनियोजन गरिएको छ। यो प्रदेशमा कूल ९६ करोड हुन आउँछ।

सांसद ठेकेदार बनेका हुन्?
संघीय सरकारका अर्थमन्त्रीले बजेट भाषण गरेकै दिन संघीय सांसद सुमना श्रेष्ठले संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमको विरोध गर्दै सामाजिक संजालमा आपत्ति जनाइन्। उनले यो गलत भएको बताइन्। 

‘गलत गलत गलत निर्णय। सांसदको काम के हो अर्थमन्त्रीज्यु? किन भौतिक प्रोजेक्टको मेनेजर बनाउन खोज्नुभएको? किन स्थानीय सरकारको कार्य गर भन्ने। किन चुनाव लक्षित बजेट? नीतिगत भ्रष्टाचार लाग्छ (सांसद विकास कोष)’, सांसद श्रेष्ठले लेखेकी छन्। 

समाजशास्त्री डा ईश्वरी भट्टराई यसरी बजेट विनियोजन गरेर योजना छनोट गर्दै जाँदा सांसदहरु आफ्नो भूमिकाबाट विमुख हुने बताउँछन्।

‘सांसदलाई रकम विनियोजन गरेरै योजना छनोट गर भन्ने अभ्यास संस्थागत हुँदै जाँदा सांसद, सांसदको भूमिकामा रहँदैनन्। प्रष्ट रूपमा उनीहरू नीति निर्माताको भूमिकाबाट विमुख हुन्छन्’, डा भट्टराई भन्छन्।

यो परम्पराले सरकारको भूमिका सांसदमा सर्ने भट्टराईको तर्क छ। यस्तो अभ्यासले सांसदहरु राज्यको सार्वजनिक सम्पत्ति बोकेर आफ्नो निर्वाचन क्षेत्रमा जाने ठेकेदार जस्ता हुने उनी बताउँछन्। कानुन निर्माताहरु ठेकेदारी अभ्यासमा अल्झने भय उनको छ।

‘अझ प्रष्ट रूपमा भन्नुपर्दा, ठेकेदारहरूभन्दा अझ तल झर्छन्। ठेकेदारहरू बरू प्रत्यक्ष रूपमा विकास निर्माण र ठेक्कापट्टामै सहभागी हुने भनेर नै आउँछन्। उनीहरूको काम नै त्यही हो’, उनी भन्छन्, ‘ठेकेदारले गर्ने विकासको निगरानी गर्ने भूमिकामा रहनुपर्ने सांसदहरु त्यो अवस्थाबाट मुक्त हुनुपर्ने हुन्छ।’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्