काठमाडौं– एमाले सांसद गोकुल बाँसकोटाले सरकारले बजेटमा बाजे–बज्यै र युवायुवती लक्षित पार्कका लागि बजेट विनियोजन नगरेकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सहरी विकास मन्त्रालयको लागि विनियोजित बजेट माथिको छलफलमा सहभागी हुँदै सांसद बाँसकोटाले सरकारलाई प्रश्न गरेका हुन्।
‘अहिले मान्छे खुशीको खोजीमा छ, बच्चादेखि वृद्धसम्म। बाजे–बज्यै पार्क खै? किण्डर गार्डेनका कुरा खै? युवायुवतीका कुरा खै? कुनै खुला चौर अथवा पार्कहरु छैन,’ सांसद बाँसकोटाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।