काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषय अनावश्यक उछालिएको बताएका छन्। उनले अनुचित विषयमा कर लगाउनु उचित नभए पनि नागरिकले कर तिर्ने अभ्यास गर्नुपर्ने बताए।
प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हुने खानेसँग कर लिन नहुने र आम्दानीमा कर लिन नपाइने कुरा अर्थशास्त्रभित्र नपर्ने बताए।
'बस्नदेखि खानसम्म निशुल्क हुनुपर्ने, कर्मचारीको तलब वृद्धि हुनुपर्ने तर कर पनि लिन नहुने, ऋण पनि लिन नहुने', प्रधानमन्त्री ओलीले भने, 'अनि कसरी सरकार चलाउने? कसरी काम गर्ने? यो सिकाउने कोही मान्छे भए हुन्थ्यो।'
प्रधानमन्त्रीले आफूले पञ्चायत कालमा गोरुगाडा चलाउँदा कर तिरेको बताए। 'रेडियोमा कर तिर्नु पर्थ्यो', उनले भने।
'एउटा नगरपालिकाले साइकल पसललाई कर लगायो रे। मरेका कुखुरको कर तिर्न भनेको छ र', उनले भने, 'कुखुराले अन्डा पार्यो वा पारेन भनेर नगरपालिकाका कर्मचारी बिहानै खोर–खोरमा पुगेका छन् र?'
संविधानले नै कर लगाउने अधिकार दिएपछि स्थानीय सरकारले कसर लगाउनु स्वभाविक भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।