काठमाडौं– सांसद–प्रधानमन्त्री प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुक्रबारका लागि राखिएको छ। प्रतिनिधि सभामा प्रत्येका महिनाको पहिलो हप्ताको कुनै १ दिन सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्नोत्तर गर्ने व्यवस्था अनुसार शुक्रबार उक्त कार्यक्रम राखिएको सभामुख देवराज घिमिरले मंगलबारको प्रतिनिधि सभामा जानकारी गराएका छन्।
‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम असार ८ गतेको बैठकमा हुने गरि निर्धारण गरेको जानकारी गराउँछु,’ सभामुखले भने। सभामुख घिमिरेले यसका लागि सांसदहरुलाई १७ समूहमा विभाजन गरेको र यो साता पहिलो समूहले प्रश्नोत्तर गर्न पाउने पनि बताएका छन्।
यसका लागि सांसदहरुले आफ्नो प्रश्नोत्तर आजै साँझसम्ममा संसद् सचिवालयमा बुझाउन पनि सभामुखले निर्देशन दिएका छन्।
‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णनुक्रम अनुसार हरेक समूहमा १५ जना १७ समूहमा विभाजन गरिएको जानकारी गराउँछु। समूह १ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि आजै ५ बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन सक्नु हुने ब्योहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरले सांसदहरुलाई निर्देश गरेका छन्।
यसअघि जेठ ४ गते प्रश्नोत्तर कार्यक्रम राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।