काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठकमा शहरी विकास मन्त्रालय लगायत ४ वटा मन्त्रालयको बजेटमाथिको छलफल गर्ने कार्यसूची थियो। तर शहरी विकास मन्त्रालयको बजेट पुस्तकमा लुम्बिनी प्रदेशको नाम नै समावेश नभएपछि बैठक नै स्थगित हुन पुगेको छ।
मन्त्रालयको बजेट पुस्तकको पेज २८–३० सम्म प्रदेशको नाम नभएको पाएपछि एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाए। त्यसलगत्तै सभामुखले मन्त्री सीता गुरुङलाई आफ्ना कुरा राख्न समय दिए।
मन्त्री गुरुङले छलफललाई अगाडि बढाउँदै गरौं, छुटेको नाम तत्काल थपेर ल्याइन्छ भनेर आग्रह गरिन्। तर एमालेका सांसदहरुको लगातारको विरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरिदिएका छन्।
यसअघि पर्यटन मन्त्रालयको बजेट पुस्तकमा प्रदेशहरुको नाम नभएको कारण छलफल नै भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।