काठमाडौं– सञ्चारकर्मी डब्बु क्षेत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा संग्रहित गीत ‘यो तन यो मन’को भिडियो सार्वजनिक भएको छ।
आफ्नो जन्मदिनको अवसर पारेर रचनाकार क्षेत्रीले सोमबार उक्त भिडियो सार्वजनिक गरेका हुन्। सन्तोष श्रेष्ठको संगीत तथा रेश्मा पुन मगरको स्वर रहेको सार्वजनिक गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ।
भिडियोमा कमला हाङ्खिम राई र पूर्णसुब्बा योङहाङको अभिनय रहेको छ। सुजन न्यौपानेको छायांकन रहेको भिडियोलाई रचनाकार क्षेत्री आँफैले निर्देशन गरेका छन्।
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।