काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छेन छोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
अध्यक्ष ओली र राजदूत छोङबीच सोमबार भेट भएको हो। भेटपछि ओलीको सचिवालयले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच भेट भएको जनाएको छ।
‘नेपालका लागि चीनका राजदूत छेन छोङले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ,’ सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।