काठमाडौं- चार राजनीतिक दलले सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन्।
माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेकपाले सो मोर्चा घोषणा गरेका हुन्।
मोर्चाको सहमति पत्रमा ७ वटा मुख्य बुँदाहरु उल्लेख छन्। त्यसमा प्रस्तावना, मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरु, संगठनात्मक संरचना, सचिवालय, सदस्यता र घटक दलहरुको स्वायत्तता, मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया र नीति तथा कार्यक्रम छन्।
मोर्चाका १५ वटा उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरु तय गरिएको छ। मोर्चाको नेतृत्व शीर्ष नेताहरुले आलोपालो गर्नेछन्। यस मोर्चाको निर्णय प्रक्रिय सहमति र सहकार्यको मान्यता अनुरुप हुने सहमति पत्रमा उल्लेख छ।
यस्तो छ सहमति पत्रको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।