काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का महाचिव नेक्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणा गर्नुको कारण दलाल पुँजीवाद रोक्नु भएको दाबी गरेका छन्।
राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले विस्तारवाद र सामान्तवाद दुवैको अन्त्यका लागि समाजवादी मोर्चाले काम गर्ने जिकिर गरे।
नेपालमा थुप्रै खालको समस्या अहिले देखिएको भन्दै उनले यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने दाबी गरे। उनले नागरिकमा निराशा र आसाको दोधार देखिएको भन्दै देश अग्रगमन र प्रतिगमनको बीचमा भएकाले यस्तो मोर्चा निर्माण गर्नुपरेको बताए।
चार नेताकाबीचमा भएको लामो छलफलपछि आजको संकटबाट उन्मुक्ति पाउन मोर्चा बनाएको उनको दाबी छ। उनले समाजवादी मोर्चा नेपालको इतिहासमा एक नयाँ मोड भएको बताए।
सात बुँदे घोषणापत्र लिएर आएको भन्दै उनले देशको नेतृत्व अब समाजवादी मोर्चाले गर्ने दाबी गरे। उनले नेपाली जनताले स्वाधिन नेपाल चाहेको र यसका लागि मोर्चाले काम गर्ने बताए।
यतिबेला परिवर्तनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक भएकाले मोर्चा निर्माण गरिएको र यसले काम गर्ने उनको भनाइ छ। नेपाली विशेषतासहितको समाजवादी निर्माण हुने भन्दै घोषणापत्रमा सबै कुरा समेटिएको उनले बताए।
महिला, बालवालिका र अन्यको अधिकार सुनिश्चितता गर्नुपर्ने चुनौती रहेको उनले बताए। नेपालमा दलाल पुँजीवाद बढेको भन्दै यसलाई रोक्न मोर्चाले काम गर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।