काठमाडौं– त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णयको विरोध भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद सुनिता बरालले सरकारको उक्त निर्णयको विरोध गर्दै सरकारले यसरी मुद्दा फिर्ता लिने हो भने अदालत बन्द गर्न चुनौती दिइन्।
‘सरकार पटक पटक यो मुद्दा फिर्ता लिने निर्णय गर्छ। शुसासन माग्न कहाँ जाने हो? कहाँबाट सुरक्षित हुने हो? मरााणासन्न पारेर फालेको व्यक्तिबाट आएको उजुरी सरकारले धमाधम फिर्ता लिन्छ भने, म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहान्छु, के सरकारले सबै न्यायलयहरु बन्द गर्न खोजेको हो? सरकारले कोही पनि नेपालीलाई दु:ख परेको बेलामा राज्य छैन भनेको हो?,’ सांसद बरालले भनिन्।
यस्तै, सांसद मेनका पोखरेलले चलाउनेलेमाथि हमला गर्नेको मुद्दा फिर्ता लिएर सरकारले विश्वविद्यालयलाई रण मैदान बनाउन खोजेको आरोप लगाइन्। ‘सरकारले विश्वविद्यालयलाई रणमैदान बनाउन खोजेको हो कि? शैक्षिक संस्थाको रुपमा विकास गरेको हो। अपराधीहरुलाई स्ररक्षण गरेर छुटाएर तिमी जेसुकै गर भन्न खोजेको हो?,’ सांसद पोखेरलले प्रश्न गरेकी छन्।
यस्तै, सांसद रघुजी पन्तले सरकारले मुद्दा फिर्ता लिएर सुसासन विरोधी काम गरेको आरोप लगाए। ‘शेरबहादुर जीको पालामा पनि यो मुद्दा फिर्ता लिन खोजिएको थियो। विरोध भएपछि रोकिएको थियो, तर अहिले उहाँहरुले फिर्ता लिनु भएको छ। यो जगन्य अपराध भयो सुशासन विरोधी काम भयो,’ सांसद पन्तले भने।
२०७७ असोज २० गते त्रीवि परिसर भित्रै त्रिविका उपप्राध्यापक चलाउनेमाथि नेपाली कांग्रेसनिकट नेविसंघमा आबद्ध विद्यार्थीहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए। लामो समय अस्पताल बसेर खतरामुक्त भएका चलाउनेले आफूमाथि संघातीक हमला गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।
चलाउनेले दिएको उजुरीका आधारमा प्रहरी अनुसन्धानपछि दर्ता भएको सोही मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको पत्र महान्याधिवक्ता कार्यलय हुँदै काठमाडौं जिल्ला अदालतमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।