सांसद मनिष झा (फाइल तस्बिर)
काठमाडौं– पूर्वी पहाडका जिल्लामा आएको बाढी पहिरोका सन्दर्भमा गृहमन्त्रीको तयारीबारे जानकारी नपाएको भन्दै रास्वपा सांसद मनिष झाले व्यंग्य गरेका छन्।
‘आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछ। तर हामीले गृहमन्त्री र उहाँको तयारीका बारेमा जानकारी पाइराखेका छैनौँ। सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भने।
सांसद झाले प्रधानमन्त्री लगायत अरु जिम्मेवार व्यक्तिहरुको पनि उपस्थिति र जानकारी नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। आफूहरु जनप्रतिनिधि भएको र जवाफ दिनुपर्ने उनले बताए।
उनले भने, ‘तर हामीले प्रश्न सोध्ने कसलाई? जवाफ कहाँबाट अपेक्षा गर्ने? हामी जवाफ चाहन्छौँ। यसका लागि अनुरोध गर्दछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।