सांसद मुक्ताकुमारी यादव (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले नागरिकता पीडितले हक मागेको बताएकी छन्। उनीहरुले भिख नमागेको सांसद यादवको भनाइ छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अदालतले ‘स्टे अर्डर’ जारी गर्न मिल्छ वा मिल्दैन भनेर आफूले केही नभन्ने बताइन्। तर छिटोभन्दा छिटो निर्णय गर्नुपर्ने बताइन्।
‘नागरिकता विधेयक दुवै सदनले पास गरिसकेको छ। राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नुभएको छ। धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्।
उनले कर्मचारी, सहकारी र नागरिकताविहीन नेपाली नागरिकहरुले अनसन बसिरहेको र धेरै सास्ती भोगिरहेको बताइन्। ‘आत्महत्यासमेत गरिरहेका छन्। कुनै पनि राजनीतिक दल वा कसैले पनि नागरिकता पीडितको नाममा भद्दा राजनीति नगरोस्। खबरदारी गर्न चाहन्छु,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।