काठमाडौं – छायांकनरत फिल्म ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘कोया कटरको’ बोलको गीतमा फिल्मका मुख्य कलाकार प्रशान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पुजन थापा र राजाराम पौडेलले कम्मर मर्काएका छन्।
रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्तानको आवाज रहेको उक्त गीतमा बबुल गिरीले संगीत भरेका छन्। दिनेश सुबेदीको शब्द रहेको गीतलाई रविन शाहले कोरियोग्राफ गरेका हुन्।
मुभी मेकर्सको ब्यानरमा निर्माण भइरहेको तथा सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रको छायांकन अन्तिम चरणमा रहेको निर्माण युनिटले जानकारी गराएको छ। जय गौतमको निर्माणमा रहेको फिल्मलाई एसके अधिकारीले निर्देशन गरिरहेका छन्। निर्देशक अधिकारी र शेखर ज्ञवालीको संयुक्त लेखन रहेको फिल्म आउँदो तिहार अासपास रहेर रिलिजको तयारीमा छ।
कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह-निर्मातामा विकास सिंह पुजारी रहेका छन्।
फिल्ममा प्रशान्त ताम्राकार, दिया मास्के, अर्पण थापा, रिजन थापा, पुजन थापा, रोबिन तामाङ, राजाराम पौडेल, पुरन थापा, देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरुकाे अभिनय रहेको छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।