काठमाडौं–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरुले त्यसमा समर्थन गर्न नसक्ने स्पष्ट पारे।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने स्पष्ट पारे। उनले सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको बताए।
उनले भने, ‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौँ। बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरु सबैले आफूलाई अस्थायी ठान्यौँ। हामीले जस मात्रै खोज्यौँ। राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन। यही वर्ष पनि सरकारले हामीसँग पैसा छैन, पुँजीगत खर्च कम छ, यही अवस्थामा यो बजेट पास हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।