काठमाडौं– कार्यालयका कुर्सीमा राख्ने गरिएका तौलियाहरु हटाउन सहरी मन्त्रालयले परिपत्र गरेको छ।
प्रधानमन्त्री कार्यालयको जनगुनासो एकाइमा तौलियाका विषयमा विभिन्न गुनासो व्यक्त भइरहेपछि सहरी विकास मन्त्रालयले कुर्सीमा तौलिया नराख्न परिपत्र गरेको हो।
मन्त्रालयका उपसचिव निर्माण कुमार कार्कीद्वारा मातहतका निकायलाई गरिएको परिपत्रमा भनिएको छ– 'कार्यालयका कुर्सीहरुमा राखिएका अनावश्यक तौलियाहरु व्यवस्थापन गर्नुपर्ने अथवा प्रयोग नगर्ने, कार्यालय परिसर दैनिक सफा गर्ने र कार्यकक्ष कोरिडोर सफासुग्घर राख्नुपर्ने भनी उजुरीमा उल्लेख भई आएको हुँदा सोही अनुसार गर्नु हुन र गराउन हुन आदेशानुसार अनुरोध छ।'

कुनै मन्त्री वा सरकारी कार्यालयका प्रमुख नियुक्त भई पदभार ग्रहण हुँदा कुर्सीमा तौलियासमेत राख्ने गरिएको प्रति आलोचना हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।