काठमाडौं- जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेपछि उनीहरुलाई केन्द्रीय कारागार जगनाथ देवल लगिएको छ। जिल्ला अदालतले पूर्पक्षका लागि थुनाामा पठाएपछि तत्काल रिहा हुने उनीहरुको सम्भावना सकिएको छ।
अब उनीहरुले जिल्लाको आदेश विरुद्ध उच्च अदालत पाटन जान सक्नेछन्। पाटनले पनि थुनामा पठाएमा सर्वोच्च जान पाउनेछन्। सर्वोच्च पुगेर पनि धरौटीमा रिहा नभएमा उनीहरु फैसला नहुँदासम्म थुनामै बस्नु पर्नेछ। जिल्ला अदालतले दुई जना प्रतिवादीलाई भने धरौटी माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।