काठमाडौं– नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले पछिल्लो जनगणनामा आदिवासी भित्रका जातजातिहरुलाई फुटाएर कमजोर बनाउन खोजेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद घर्तीले आदिवासी भित्रका जातजातिहरुलाई फुटाउने काम सह्य नहुने भन्दै सच्याउन माग समेत गरेकी छन्।
‘तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को हालै सार्वजनिक गरेको तथ्याङ्कमा सदियौंदेखि मगर जाति भित्रको पुन, नेवा जाति भित्रको माली, गुरुङ्ग जाति भित्रको घले, राइ जाति भित्रको कुलुङ, चाम्लिङ, बान्तवा लगायतलाई छुट्टै जातिका रुपमा वर्गीकरण गरेर आदिवासी जनजातिलाई फुटाएर कमजोर बनाउन खोजेको छ,’ सांसद घर्तीले भनिन्,‘म सरकारलाई उक्त विवरण तत्काल सच्याउन माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।