काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएका छन्। शुक्रबार बसेको समितिको बैठकले कार्कीको नाम अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरेको हो।
नेकपा एमाले संसदीय दलका सचेतक तथा सुनुवाइ समितिका सदस्य महेश बर्तौलाले कार्की सर्वसम्मत रुपमा अनुमोदन भएको जानकारी दिए।
संवैधानिक समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि अब प्रधानन्यायाधीश नियुक्त हुनेछन्। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।