प्रतिनिधिभ सभा
काठमाडौं– प्रतिनिधि सभाको आज (बिहीबार)को बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ।
ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि छलफलमा भाग लिन समय उपलब्ध गराइएको थियो। प्रतिनिधिसभाको अर्को बैठक असार १ गते शुक्रबार बस्नेछ।
शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुने तय भएको छ।
साथै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अनुपस्थितिका कारण बिहीबार सो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकको छलफल दैनिक कार्यसूचीबाट हटाइएको थियो। सो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल आगामी असार ६ गतेका लागि निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।