काठमाडौं– सरकारले मु्ख्य सचिव रहेका शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो।
वैरागीको नियुक्तिसँगै खाली भएको मुख्यसचिवमा डा बैकुण्ठ अर्याललाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ। असार ३ गते सचिवबाट अवकाश हुन लागेका अर्याललाई मुख्यसचिव बनाइएको हो।
वैरागीलाई यसअघि अमेरिकामा आकर्षक पदमा सिफारिस गर्ने भनिएको थियो। उक्त नियुक्तिको लागि समय लाग्ने भएपछि मुख्यसचिव वैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्ति दिइएको हो।
वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ। उक्त अवधिसम्म कुर्दा अर्याल मुख्यसचिव नहुने भएपछि सरकारले यस्तो गरेको हो। अर्यालपछि यादव कोइराला मुख्यसचिव हुने सूचीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।