काठमाडौं- सरकारले मुख्य सचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई अन्यत्रै व्यवस्थापन गरेर डा अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरिएको हो।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। सचिवका रुपमा डा अर्आयाल गामी असार ३ गते अवकाश हुन लागेका थिए। डा अर्याललाई मुख्य सचिव बनाउन वैरागीलाई राजदूतको अफर गरिएको बुझिएको छ।
वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको छ। डा अर्याल मुख्य सचिव नबन्दै अवकाश हुने भएपछि सरकारले वैरागीलाई अन्य अवसरको आश्वासन दिएर बाटो खाली गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।