काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा विचौलियाको प्रभाव नियन्त्रण गर्ने पाँच उपाय अघि सारेका छन्।
संसदीय सुनुवाइका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै उनले विचौलिया नियन्त्रणमा जोड दिएका हुन्।
उनले संसदीय सुनुवाइ समितिसमक्ष राखेको आफ्नो कार्ययोजनामा विचौलियाको गतिविधिले अदालत आजित रहेको प्रष्ट देखिएको छ।
उनले भनेका छन्, ‘विचौलियाको गतिविधिलाई नियन्त्रण गर्नका लागि मुद्दासँग असम्बन्धित व्यक्तिहरूको अदालतमा प्रवेश निषेध गर्ने र न्यायिक जनशक्तिसँगको पहुँचलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने।’
यस्ता छन् उनले अघि सारेका पाँच उपाय :
१ विचौलियाको गतिविधिलाई नियन्त्रण गर्नका लागि मुद्दासँग असम्बन्धित व्यक्तिहरूको अदालतमा प्रवेश निषेध गर्ने र न्यायिक जनशक्तिसँगको पहुँचलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने।
२ विचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधिहरूको सूक्ष्म निगरानी गर्ने।
३ विद्यमान कानूनबमोजिम कारबाहीको दायरामा आउनसक्ने व्यक्ति बिचौलियाको भूमिकामा संलग्न देखिएमा प्रभावकारी रूपमा कानूनी कारबाही गर्ने गराउने।
४ विचौलिया नियन्त्रणका लागि अनुसन्धानसम्बन्धी विज्ञको संलग्नतामा छुट्टै संयन्त्र गठन गरी सूक्ष्म निगरानी गर्ने र दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने।
५ विचौलिया नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन बिचौलिया नियन्त्रणसम्बन्धी विस्तृत रूपको छुट्टै कानून र कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न पहल गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।