फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
अहिले बिहान साढे सात बजेका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।
बैठकको मुख्य अजेण्डा मुख्यसचिव बनाइएको छ। सरकारले मुख्यसचिव शंकरदास बैरागीलाई आकर्षक अफर दिएर बिदा गर्ने तयारी गरेको छ।
आजकै बैठकबाट बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको छ।
यस विषयमा हिजो मुख्यसचिव बैरागीसँग कुरा गर्दा उनले आफूले सक्षम व्यक्तिलाई नेतृत्व सु्म्पिन चाहेको मात्र बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।