काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार (आज) हुँदैछ।
संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते अर्थात आज गर्ने र आज नै उक्त प्रस्तावलाई अनुमोदन गर्ने कार्यतालिका परिमार्जनसहित पारित गरेको थियो।
बुधबार (हिजो) कार्कीविरुद्ध परेका उजुरीबारे छलफल गरिएको छ। छलफलका क्रममा उजुरीकर्ताले आफूहरुसहित राखेर सुनुवाइ हुनुपर्ने माग गरेपछि केही वेर समितिमा विवाद उत्पान्नसमेत भएको थियो।
आजकै सुनुवाइमा कार्कीले आफूविरुद्ध परेका उजुरीहरुसहित सांसदहरुको जिज्ञासाको पनि जवाफ दिनेछन्। गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।
संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।