काठमाडौं– सरकारले मुख्यसचिव शंकरदास बैरागीलाई आकर्षक अफर दिँदै बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ।
सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव बनाउन मुख्यसचिव बैरागीलाई आकर्षक ठाउँमा पठाउन लागेकाे हाे। सञ्चार मन्त्रालयबाट उनलाई तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे सचिवमा राखिएको थियो। अहिलेका मुख्यसचिव बैरागीलाई भने आर्कषक अफर दिएर अमेरिका पठाउने तयारी गरिएको छ।
बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएर यस्तो निर्णय गर्न लागिएको हो। असार २ भित्रै अर्याललाई मुख्यसचिव बनाउन नसके उनी स्वतः अवकाशमा जानेछन्।
यस विषयमा मुख्य सचिव बैरागीलाई प्रश्न गर्दा उनले नेपाल लाइभसँग भने, ‘मैले सक्षम व्यक्तिलाई नेतृत्व दिन खोजेको हो।’ उनले यसबाहेक अरु कुरा भने खुलाएनन्।
मुख्यसचिव बैरागीको अब बाँकी पदावधि तीन महिना मात्रै रहेकाले पनि अर्याललाई मुख्यसचिव छोडेर थप सुरक्षित हुनका लागि सरकारको आर्कषक अफर स्वीकार गर्न राजी भएको स्रोतको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।