• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
निर्वाचन आयोगका जिल्ला कार्यालय खारेजी प्रकरणः 

‘थोरै–थोरै’ बचत गर्नलाई सरकारले देखेको निर्वाचन आयोगका कार्यालय

64x64
ईश्वर बराल बिहीबार, जेठ ३२, २०८०  ०६:२९
1140x725

काठमाडौं– ‘निर्वाचन कार्यालय खारेज भएको होइन। त्यो छुट्टै कार्यालय थियो त्यसको सट्टामा जिल्ला प्रशासन कार्यालयभित्रै त्यसको ईकाई राख्ने भनिएको हो। त्यसले खर्चमा कति नै कम हुन्छ र भन्ने छ यस्तै थोरै–थोरै जोडेर त धेरै हुने हो,’ बजेट वक्तव्य मार्फत् जिल्ला निर्वाचन कार्यालय खारेज गरेका अर्थमन्त्री डा प्रकाश शरण महतले उक्त निर्णयको सार्वजनिक विरोध सुरु भएपछि आफ्नो निर्णयको बचाउ गर्दै  संसद्‌मा जवाफ दिए।

सार्वजनिक खर्च कटौती गर्ने सरकारको लक्ष्य स्वरुप उक्त कार्यालयहरुको खारेजी गरेको तर्क गरिरहेका अर्थमन्त्रीले यसले निर्वाचनको निष्पक्षतामा कुनै असर नपार्ने दाबी गरे। ‘हामी लोकतन्त्रको लागि लडेको अनि हामी चाँहि निर्वाचन कार्यालयको अस्तित्व समाप्त पार्न खोज्छौं? काँहि सिडियो कार्यालयलाई नेतृत्व दिने कुरा गर्न सक्छौं?,’ मन्त्री महतले भने।

सरकारले ७० जिल्लामा रहेका निर्वाचन कार्यालय खारेज गर्ने बाहना बनाएको छ, साधारण खर्चको बचत। तर, सरकारले निर्वाचन आयोगका महत्त्वपूर्ण कार्यालयहरु खारेजी गरेर त्यसको ईकाई जिल्ला प्रशासन कार्यालयमा स्थापना गर्ने निर्णय भने हचुवा रहेको देखिन्छ। तर सरकारको उक्त प्रस्तावले स्वंय सत्तारुढ दलकै प्रभावशाली नेता र प्रतिपक्षी दल र स्वंय निर्वाचन आयोगले गम्भीर आपत्ति जनाएका छन्।

जेठ १५ गते प्रस्तुत भएको आर्थिक वर्ष ८०/८१ को बजेटमा उक्त कार्यालय खारेज गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र एक ईकाई राखेर कार्यालय संचालन गर्ने घेषणा गरेको थियो।

चौतर्फी विरोध
कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारले गम्भीर गल्ती गरेको र तयसलाई तत्काल सच्याउन माग गरेका छन्। संसद्‌बाटै उक्त आग्रह गरेका थापाले खर्च कटौती गरेर बचत गर्ने नाममा निर्वाचनको निष्पक्षतामा सम्झौता गर्न नसिकिने टिप्पणी गरे। 

‘खर्च कटौतीको कोणबाट हेरेको हो भने वर्षमा १५ करोड मात्रै बचत हुन्छ। १५ करोड बचत गर्न निर्वाचनको निष्पक्षमा सम्झौता गर्नुपर्ने अवस्थामा हामी पुगिसकेको हो?,’ थापाले सो निर्णय तत्काल सच्याउन माग गर्दै उक्त कुरा बताएका थिए। 

थापाले गरेको जस्तै आपत्ति प्रतिपक्षी दलहरुले पनि गरेका थिए। रास्वपा सभापति रवि लामिछानेले पनि यो निर्णय गलत रहेको बताएका थिए। बजेटमाथि टिप्पणी गर्ने अधिकांश सांसदले सरकारको सो  निर्णयको विरोध गरेका थिए।

मन्त्री महतले सबैको एकमुष्ट जवाफ दिँदै भनेका थिए कि थोरै–थोरैले धेरै बचत हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यता, आयोगले सरकारको उक्त निर्णयलाई लिएर प्रधानमन्त्री, गृहमन्त्री लगायत सरकारका उच्च नेतृत्व र राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ। आयोग पदाधिकारीको टोली सहित प्रधानमन्त्री र गृहमन्त्री भेटेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारको उक्त निर्णयले आफू आश्चार्यमा परेको बताएका थिए। र उनले तत्काल उक्त निर्णयबाट पछि हट्न आग्रह गरेका थिए। 

सोही विषयलाई लिएर विभिन्न रजनीतिक दलसँग छलफल गरेको आयोगले दलहरुबाट आयोगको पक्षमा रहेको प्रतिबद्धता पाएको छ। सत्तारुढ दल तथा अर्थमन्त्रीकै पार्टी नेपाली कांग्रेसबाट आयोगको छलफलमा सहभागी सहमहामन्त्री जिवन परियारले सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्ने बताएका थिए।

सोही छलफलमा सहभागी एमाले नेता केदार कोइरालाले पनि एमालेको आपत्ति रहेकोले आफूहरु पनि आयोगकै पक्षमा रहेको  बताएका थिए। उनले सरकारको यो प्रस्ताव संविधान विपरीत, निर्वाचन आयोगको स्वायत्तता र स्वतन्त्रता विपरीत रहेको ठहर पार्टीले गरेको बताएका थिए।
 
‘सरकारले गरेको निर्णयले स्वतन्त्र निर्वाचनको मान्यतालाई खण्डित गर्छ, यसले कार्यकारीको छायाँ बनाउने ढंगले ल्याइएकाले एमाले विरोध गर्छ। सबै राजनीतिक दलले सर्वसहमतिले सरकारको प्रस्तावको विरुद्धमा आवाज उठाउनुभएको छ,’ आयोगको छलफललाई उदृत गर्दै कोइरालाले भने।
 
दलहरुको प्रतिनिधिबाट उक्त आश्वासन पाएको आयोग अझै ढुक्क भने भइसकेको छैन। सरकारले खारेजीको निर्णय नसच्याए साउन १ गतेबाट काम गर्न छाड्ने चेतावनी दिएका प्रमुख आयुक्त थपलिया सरकारले प्रस्ताव गरेको व्यवस्था शक्ति सन्तुलन, नियन्त्रण र शक्तिपृथकीकरणको सिद्धान्त एवं संविधान तथा कानुन प्रतिकूल हुन जाने भएकोले तत्काल सच्याउन माग गर्छन्।

दबाबले काम गर्ला?
आयोग र राजनीतिक दलहरुबाट विरोध भएपछि अर्थमन्त्री महत पनि यसलाई पुनरवालोकन गर्न सकिन्छ भन्नेमा पुगेका छन्। ‘प्रशासन कार्यालय परिसर प्रयोग गरेर खर्च अलि कम हुन्छ कि भन्ने हो। त्यसको पाँचै वर्ष त काम हुँदैन भनेर पनि सरकारले त्यो भनेको हो। यसमा कुनै समस्या छ भने त्यसलाई सम्बोधन गरौँला। यसको स्वतन्त्र अस्तित्वमा कुनै असर पर्दैन,’ मन्त्री महतले भने। 

आयोग भने औपचारिक तबरबाट मन्त्रिपरिषद्लाई पत्र काटेर उक्त कुरा हटाउन माग गर्ने तयारीमा छ। आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार आयोगको पूर्ण बैठकबाट पत्र काटेर मन्त्रिपरिषद्लाई उक्त कुरा हटाउन अनुरोध गर्ने छ। 

‘आयोगको बैठकले मन्त्रिपरिषद्लाई पत्र पठाएर उक्त निर्णय खारेज गर्नु अनुरोध गर्छौं,’ प्रवक्ता पौडेलले भने,‘आशा गरौं सरकार आफ्नो निर्णयबाट पछि हट्ने छ।’

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका संयोजक पुष्पकमल दाहालका साथै सह–संयोजक माधव नेपालबिच शनिबार... शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । शनिबार दि... शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा ‘नीट’ प्रश्नपत्र चुहावटको विरोधमा युवाहरूको निरन्तर प्रदर्शनपछि प्रधान पदबाट राजीनामा दिन बाध्य भएका हुन्। शनिबार, साउन ९, २०८३
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्