• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य भेटाउन चुनौती, लगानी बढाउन माग

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, जेठ ३१, २०८०  २१:२७
1140x725

काठमाडौं– पछिल्लो समय नेपालमा बाल मृत्युदरको अवस्था निकै डरलाग्दो रहेको पाइएको छ। दिगो विकास लक्ष्य अनुसार सन् २०३० मा बालमृत्युदर प्रतिहजार जिवित जन्ममा २० भन्दा कम पुर्‍याउने भनिए पनि आकडा हेर्दा त्यो लक्ष्य भेटाउन निकै चुनौती देखिएको छ। 

प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको तथ्यांक अनुसार मुलुकमा बाल मृत्युदर घट्नुको साटो बढ्दै गएको देखिएको छ। 

स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रमुख, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सार्वजनिक तथ्यांकअनुसार बालमृत्युदरमा पनि नवजात शिशुको मृत्युदरको अवस्था अझै भयावह देखिएको बताए। 

महाशाखा प्रमुख डा पौडेलले भने, ‘पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा केही प्रगति भए पनि नवजात शिशुको मृत्युदर सोचे अनुरुप प्रगति हुन नसकेको अवस्था छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरको करिव दुई तिहाई (६३) प्रतिशत हिस्सा नवजात शिशुको मृत्युदरले ओगटेको छ।’

पोषण कमीका कारण पुट्कोपन बढ्दै
मुलुकमा पोषणको कमीका कारण २४.८ प्रतिशत पुट्कोपन भएका बालबालिका रहेका छन्। कोशी प्रदेशमा २० प्रतिशत, मधेश प्रदेशमा २९.३ प्रतिशत, बागमती प्रदेशमा १७.६ प्रतिशत, गण्डकीमा १९.७ प्रतिशत, लुम्बीनीमा २५.१ प्रतिशत, कर्णालीमा ३५.८ र सुदूपश्चिम प्रदेशमा २८.४ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको छ।

पन्धौं पञ्चवर्षीय योजनाअन्तर्गत २०२४ मा २४ प्रतिशत र दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्न सन्,२०३० सम्ममा १९ प्रतिशत घटाउनुपर्ने देखिन्छ।

पाँच वर्षमा ३७ प्रतिशतले घट्यो मातृ मृत्युदर

त्यसैगरी विगत पाँच वर्षको अवधीमा मातृ मृत्युदर करिब ३७ प्रतिशतले घटेको छ। अबको सात वर्षमा दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्नका निम्ती ५४ प्रतिशत मातृ मृत्युदर घटाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

जनगणना २०७८ अनुसार प्रतिलाखमा १५१ जना आमाको मृत्यु हुने गरेको छ। तर सबैभन्दा बढी मातृमृत्युदर लुम्बिनी प्रदेशमा रहेको छ। जहाँ प्रति लाखमा २०७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। यस्तै कोशी प्रदेशमा १५७, मधेश प्रदेशमा १४०, बागमती प्रदेशमा ९८, कर्णाली प्रदेशमा १७२ र सुदूरपश्चिम प्रदेशमा १३० जना आमाहरुले ज्यान गुमाउने गरेका छन्।

खोप नलाउने बालबालिकाको संख्या बढ्दै 
सरकारले बालबालिकालाई पूर्ण र नि:शुल्क खोपको व्यवस्था गरे पनि पछिल्लो समय खोपबाट बञ्चित हुने बालबालिकाको संख्या बढ्दै गएको छ। कुनै पनि खोप नलगाएका बालबालिकाको संख्या वृद्धि हुँदै गएको देखिएकाले खोपको कभरेज बढाउने लक्षित कार्यक्रमको आवश्यकता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दक्ष स्वास्थ्यकर्मीद्वारा प्रसुति गराउने महिलाको संख्या ८० प्रतिशत
हाल दक्ष स्वास्थ्यकर्मीद्वारा प्रसुति सेवा लिने महिलाको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयको आकडा अनुसार, ८० प्रतिशत गर्भवती महिलाले दक्ष प्रसुतिकर्मीद्वारा प्रसुति सेवा लिइरहेका छन्। राष्ट्रिय रुपमा पन्ध्रौं योजनाको लक्ष्य प्राप्त भए पनि अझै दुई वटा प्रदेशमा लक्ष्य अनुसारको प्रगति हुन सकिरहेको छैन।

दिगो विकास लक्ष्य अनुसार सन् २०२२ मा ७३ प्रतिशत महिलाले प्रसुतिकर्मीद्वारा प्रसुति सेवा लिइरहेका छन्। सन् २०३० सम्ममा ९० प्रतिशत पुर्‍याउनुपर्ने देखिन्छ। कर्णाली प्रदेश र मधेश प्रदेशमा भने पन्ध्रौं योजनाको लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन।

त्यसैगरी पछिल्लो सयम परिवार नियोजनका साधनहरुको आपूर्ति घट्दै गएको छ। सन् २०२२ मा नेपालको कूल प्रजननदर प्रतिस्थापन दरमा पुगेको छ। कूल प्रजननदर घट्दै जाँदा जनसंख्यामा विचलन आउने चिन्ता स्वास्थ्य मन्त्रालयले गरेको छ। 

आत्महत्याबाट दैनिक ९ जनाको मृत्यु 
पछिल्लो समय आत्महत्याबाट दैनिक रुपमा ९ जनाको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्यमा राज्यको कम लगानीका कारणसमेत आत्महत्याको दर बढ्दै गएको देखिन्छ।

आव २०७८/०६९को आकडा अनुसार आत्महत्याबाट प्रति एक लाखमा १९ जनाको मृत्यु हुने गरेको छ। सन् २०१४ मा यो तथ्यांक प्रति एक लाखमा १६.५ रहेको थियो। उक्त दर २०१९ मा आउँदा १९ जना, २०२० मा २०.९, २०२१ मा २३.४ जना पुगेको छ। उक्त दर बढ्दै गइ सन् २०२२ मा पुग्दा प्रति एकलाखमा २३.३ हुँदै बर्सेनि उकालो लाग्दै गएको देखिन्छ।

सांसदहरुका गुनासै–गुनासा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सक्रिय रुपमा सहभागी भएका प्रतिनिधि सभाका सदस्यहरुले राज्यको यस्तो तथ्यांकप्रति चिन्ता जाहेर गरेका छन्। पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले संविधानको मौलिक हक अन्तर्गत रहेको स्वास्थ्यको हक आम नागरिकहरुले सहज रुपमा पाउनुपर्ने बताए।

उनले भने, ‘राज्य र नागरिकबीच तारदम्य मिलेको छैन। सरकारी अस्पतालको सेवामा सुधार गर्नुपर्छ। प्राइभेट अस्पतालमा गएर नागरिकहरुले उपचार गर्न सक्दैनन्। कछुवाको गतिमा होइन। तीव्र गतिमा सुधार हुनुपर्छ।’ उनले नागरिकहरुको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउनुपर्ने बताए।

त्यसैगरी सांसद उर्मिला थेबेले पहुँच पुग्ने अस्पतालमा मात्रै नभइ यातायात र पूर्वाधार पुग्न नसकेका ग्रामीण क्षेत्रका नाागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको बताइन्। उनले आफू वडाध्यक्षदेखि सांसद हुँदा पटक–पटक स्वास्थ्य मन्त्रालय धाउँदासमेत आफ्ना मागहरुप्रति मन्त्रालय नै जिम्मेवार नभएको आरोप लगाइन्। उनले पहुँचवालाको मात्रै सुनुवाइ हुने र भुँईमान्छे अर्थात् जनताको मान्छे भएकै कारण आफ्ना मागप्रति मन्त्रालयले सुनुवाइ नगरेको दुखेसो पोखिन्।

सांसद भानुभक्त जोशीले स्वास्थ्यकर्मीहरुले ११ महिनादेखिको तलब नपाएको गुनासोलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘कर्मचारीहरु कहिँ धेरै, कहिँ कम छन्। स्वास्थ्यका कर्मचारीहरु तलब पाएनौं भनेर काठमाडौं धाइरहेका छन्। उनीहरुको माग तत्काल सम्बोधन गर्नुपर्छ। संघको अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्छ।’

उनले खाली दबरन्दी भएका ठाउँमा कर्मचारी भर्ती गर्नुपर्ने बताउँदै जिल्ला अस्पताललाई कम्तिमा ५० शय्याको सुविधासम्पन्न अस्पताल बनाउन माग गरे। यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले कोभिड–१९ हुँदाको बखत राज्यले लगानी गरेको अक्सिजन प्लान्टको अवस्थाबारेमा जिज्ञासा राखे।

रास्वपाकी सांसद डा तोसिमा कार्कीले मुलुकमा ६३ हजार स्वास्थ्यकर्मी आवश्यक भए पनि मन्त्रालयले १२ सय डाक्टरहरुलाई मात्रै बोकेर बसेको आरोप लगाइन्। उनले आफ्नो निर्वाचन क्षेत्रको वडामा औषधि प्रयोग नभएर गाड्ने गरेको र दुर्गममा औषधि नपुगेको बताइन्।

त्यसैगरी सांसद सरिता भुसाल, विद्या भट्टराई, प्रभु हजारा, लिलादेवी वोखिम (लिम्बु), विनितादेवी सिंह लगायतका सांसदहरुले आ आफ्ना निर्वाचन क्षेत्रको स्वास्थ्य समस्या राख्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकहरुप्रति जिम्मेवार हुनु पर्नेमा जोड दिए।

उनीहरुले स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रमा बजेट कम विनियोजन हुनु दुखद रहेको टिप्पणीसमेत गरेका छन्।

सरकारले काम गर्ने हो, प्रचार गर्ने होइनः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले काठमाडौंका मेयर बालेन शाह जस्तो प्रचार नभइ काम गरिरहेको दाबी गरे। उनले भने, ‘सरकारले काम गर्ने हो। प्रचार गर्ने होइन। बालेन जी मलाई भेट्न आउनुभएको थियो। मैले उहाँलाई हामी भित्री रुपमा काम गरिरहेको जवाफ दिएँ। एक हप्तामा नतिजा दिन्छौं। उहाँलाई निरीक्षणमा लैजाने भनेका थियौं। उहाँ हाल इन्डियामा हुनुहुन्छ।’

मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थबाट उठेको कर ६ अर्बमध्ये ४० करोड मात्रै मन्त्रालयले पाएका कारण उक्त करवाफतको रकम मन्त्रालयले नै पाउनु पर्ने दाबी गरे। सांसदहरुले उठाएका जिज्ञासाबारे स्वास्थ्यमन्त्रालयका सचिव देवकुमारी गुरागाई र रोशन पोखरेलले प्रष्ट पारेका थिए। 

उनीहरुले वीर अस्पतालमा उपकरण र डाक्टरहरुको व्यवस्थापन भइसकेको र बाँकी ३ सय जना स्टाफ नर्सहरुको लोकसेवाले परीक्षा लिएर अन्तिम अवस्थामा पुगेको जानकारी दिए। उनीहरुले हाल स्वास्थ्य कर्मचारीहरुले २ अर्ब तलब भत्ता पाउन बाँकी रहेको र असार मसान्तभित्र प्राप्त हुने अपेक्षा व्यक्त गरे।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार, साउन २९, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको नेपाल प्रहरीले जनाएको... बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त प्रधानमन्त्रीका रूपमा उनले राज्य स्वामित्वका उद्योगको पुनर्संरचना, मुद्रास्फीति नियन्त्रण तथा आर्थिक सुधारलाई अघि बढाएका थिए। चीनलाई... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, साउन २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९१ जनालाई कारबाही शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्