काठमाडौं– नागरिकताविहीन संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ।
बुधबार काठमाडौंको माइतीघर मण्डलामा समितिले नागरिकता विहीनहरुलाई नागरिकता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयककाविरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन्।
उनीहरुले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।