काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताले संसदीय सुनुवाइ विशेष समितिको बैधतामाथि प्रश्न उठाएका छन्। कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल गर्न बुधबार सुनुवाइ समितिको बैठक बसेको थियो।
समितिले उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो। तर उजुरीकर्ताहरुले भने समितिको बैधतामाथि नै प्रश्न उठाएर छलफल गर्न अस्वीकार गरेका छन्।
समितिको बैठक संचालन गर्ने नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै उजुरीकर्ताहरुले कानुनी प्रश्न उठाएका छन्।
‘उक्त नियमावलीको राजपत्रमा वैधानिक ढंगले प्रकाशन नहुँदा कानुनका रुपमा कार्यान्वयन हुनका लागि चाहिने आधारभूत पूर्वसर्त पालना हुन नसकेकोले त्यस समितिको बैठक बस्ने सम्बन्धमा कानुनी वैधता समेत नभएको समितिसमक्ष उजुरीकर्ता हरुले थप प्रष्टोक्ति राख्नुको कुनै औचित्य समेत देखिन्न,’ उजुरीकर्ताहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।