काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।
सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उनलाई कार्यवाहक दिइएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
खड्का उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।