काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जसपालाई विश्वासको मत दिनुको कारण खुलाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा त्यसबारे बताउँदै उनले प्रदेशमा अस्थिरता रोक्न विश्वासको मत दिइएको बताएका छन्।
उनले भनेका छन्, 'राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।'
उनले यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।