काठमाडौं– सत्तारुढ गठबन्धनले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्ने भएको छ। मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले बजेट संशोधन गर्ने सहमति गरेको हो।
बजेट असन्तुलित भएको गु्नासो आएकाले ती गुनासो सम्बोधनका लागि संशोधन गर्ने सहमति भएको हो। बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन सकिने भएकाले संशोधनको सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
संशोधन अनुसार कम बजेट परेका क्षेत्रमा थप्ने र बढी परेका क्षेत्रमा घटाउने विषयमा नेताहरुबीच सहमति भएको छ। संसद्मा प्रस्तुत बजेट जस्ताको तस्तै पारित गर्ने गरिए पनि अहिले कतिपय ठाउँमा धेरै गुनासो आएकाले मिलाउने प्रयास स्वरुप संशोधनको सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।