काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक पनि विश्वासको मत पाएका छन्।
मंगलबार भएको मतदानमा यादवले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १०३ र विपक्षमा शून्य मत परेको हो।
यादव गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही अनुसार उनले माघ ४ गते विश्वासको मत लिएका थिए।त्यतिबेला मतदानमा सहभागी १०२ मध्ये सबैले उनलाई विश्वासको मत दिएका थिए।
तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा संघीय गठबन्धन भत्किएपछि त्यसको असर मधेस प्रदेशमा पनि परेको थियो। सोही अनुसार नेकपा एमालेका मन्त्रीहरु गत चैत २१ गते सरकारबाट बाहिरिएका थिए।
एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राउतले मंगलबार विश्वासको मत लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।