काठमाडौं– नागरिकता विधेयक लागू गर्न माग गर्दै करिब एक हप्तादेखि माइतीघर मण्डलामा निरन्तर धर्ना तथा आन्दोलन भइरहेको छ।
सरकारले अध्यादेशमार्फत् ल्याएको नागरिकता विधेयकलाई सर्वोच्च अदालतमा रिट परेपछि तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
1686660666.jpg)
उक्त विधेयक रोकिएपछि वर्षौंदेखि नागरिकता नपाएका व्यक्तिहरुले माइतीघर मण्डलामा निरन्तर खबरदारी गरिरहेका छन्।
मंगलबार नागरिकताको प्रमाणपत्र नपाएका युवाहरुले आफ्ना शैक्षिक प्रमाणपत्रहरु सडकमै तेर्स्याएर विरोध गरे। उक्त विरोध कार्यक्रमलाई राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारी, अधिवक्ताहरु किशोर यादव, शैलेन्द्र अधिकारी,रक्षाराम हरिजन, रमण कर्ण लगायतले ऐक्यबद्धता जनाउँदै न्यायालय विरुद्ध न्यायको माग गर्दै खबरदारी समेत गरे।
1686660664.jpg)
नागरिकता विहीन नागरिकहरु उत्तेजित हुँदै सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तल्लो स्तरका शब्दमा गाली गर्दै प्रदर्शनमा उत्रिए।
यसै क्रममा एक युवकले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरे। तर तत्कालै प्रहरीले उनलाई आत्मदाह गर्नबाट जोगायो। प्रहरीले आफ्नै भ्यानमा राखेर उनलाई उपचारका लागि अस्पताल पुर्यायो। तर, निकै आक्रोशित रहेका युवाहरुले नागरिकता नपाए आफूहरुसमेत आत्मदाह गर्ने चेतावनी दिएका छन्।
1686660663.jpg)
1686660662.jpg)
1686660661.jpg)
1686660661.jpg)
1686660659.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।