काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले दुवै जनासँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्चले मुद्दा छिटो टुंग्याउनुपर्ने भन्दै अग्राधिकार दिने निर्णय पनि गरेको छ। यो मुद्दा न्यायाधीश सपना प्रधानको इजलासमा परेको थियो।
द्वन्द्वकालमा बालसेना प्रयोगको सन्दर्भमा लेनिन विष्ट लगायतले दर्ता गराएको मुद्दाको मंगलबार सुनुवाइ हुन भएको हो।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।