काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार गंगालाल अस्पतालमा भर्ना गरिएको हो।
राष्ट्रपति पौडेल शनिबार पनि गंगालालमा स्वास्थ्य परीक्षणका लागि गएका थिए।
अस्पताल भर्ना भएका राष्ट्रपतिको विषयमा उनको सचिवालयले भने औपचारिक रुपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।
यस विषयमा अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले भने कुनै जानकारी दिन चाहेनन्। उनले भने, ‘यो विषयमा राष्ट्रपतिको सचिवालयमा नै सोध्नुस्। उहाँहरुले जे त्यही नै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।