काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन्। सोही प्रयोजनका लागि बेलुकी ५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
यादव गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही अनुसार उनले माघ ४ गते विश्वासको मत लिएका थिए। त्यतिबेला मतदानमा सहभागी १०२ मध्ये सबैले उनलाई विश्वासको मत दिएका थिए।
तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा संघीय गठबन्धन भत्किएपछि त्यसको असर मधेस प्रदेशमा पनि परेको थियो। सोही अनुसार नेकपा एमालेका मन्त्रीहरु गत चैत २१ गते सरकारबाट बाहिरिएका थिए। एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राउतले मंगलबार विश्वासको मत लिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।