काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पूर्ण स्वास्थ्य परीक्षण गराएका छन्। प्रचण्डले सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेर आफ्नो पूर्ण स्वास्थ्य परीक्षण गराएका हुन्।
पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पनि अस्पताल पुगेका थिए। अस्पताल पुगेका बेला चिकित्सकहरुको सल्लाहअनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो पनि पूर्ण स्वास्थ्य परीक्षण गराएका हुन्।
नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएको जानकारी दिए। ‘उहाँ (प्रधानमन्त्री)ले करिब डेड घण्टाको समय लगाएर आफ्नो सम्पूर्ण स्वास्थ्य जाँच गराउनु भएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ,’ प्रवक्ता बास्तोलाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।