काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन्।
सोमबार २० औं राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन्।
उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने बताए। उनले किसानहरुलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरे। उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशनसमेत दिए।
उनले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।